बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

सांकेतिक तस्बिर।

कैलाली – कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा  कम्तीमा १५ जना घाईते भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिका क१ मा पर्ने  गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो।
दुर्घटनामा परी घाईते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ। बसमा २४ जना सवार थिए।

 

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्