जनपक्षीय कानुन ठूला नेताबाट नै तुहाइन्छः मन्त्री कुँवर

फाइल तस्बिर।

काठमाडाैँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जनताको पक्षका कानुनहरू ठूला नेताहरूको दबाबका कारण तुहिने गरेको आरोप लगाएका छन् ।

सोमबार ७७ औँ विश्व श्रमीक दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले यस्तो दाबी गरेका हुन् ।

उनले भ्रष्टाचार, नागरिकता र श्रम आयोग लगायतका ऐन, नियम बनाउने ठूला नेताहरुले दबाब दिने गरेको बताए ।

उनले अहिलेको सरकारले पनि श्रम आयोग गठन सम्बन्धी प्रक्रिया तीन पटक मन्त्रीपरिषद्मा पुर्याउँदासमेत एजेण्डा नबनेको गुनासो गरे ।

मन्त्री कुँवरले श्रम आयोग गठन गर्नेकुरा तीन पटक मन्त्रीपरिषद्मा पठाए पनि एजेण्डा नबनाइ अहिले सामाजिक समितिमा पठाएर सरकारले अल्झाउने काम गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

आर्थिक वर्ष २०७८/०७९ मा श्रम प्रतिष्ठान बनाउने कुरा राखिएकाले अहिले श्रम आयोग गठन गर्न समस्या सिर्जना भइरहेको बताए । उनले अर्थ मन्त्रालयले यस बारेमा स्वीकृति जनाउने हो भने श्रम प्रतिष्ठान खारेज गरेर श्रम आायेग गर्न समय नलाग्ने बताएका हुन् ।

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्