चीन–नेपाल नाका पूर्ववत् रूपमा सुचारु

तस्बिरः चिनियाँ राजदूतावास

काठमाडौँ –दसैँ, तिहार र छठ पर्वको मुखमा चीनले नेपालमा सामानहरूको सहज ढुवानीको सुनिश्चितता गरेको छ।

काठमाडौँस्थित चिनियाँ दूतावासअनुसार नेपालसँगको सम्बन्धलाई अत्यन्त महत्त्व दिँदै चीनबाट नेपाली भूभागमा सामानहरूको सहज पहुँच सुनिश्चित गरिएको हो।

चीनको केन्द्रीय सरकार र सीजाङ स्वायत्त क्षेत्र कोभिड–१९ महामारीबाट उत्पन्न कठिनाइबाट मुक्त भई थुप्रिएका सामानलाई भन्सार प्रक्रिया गरी नेपाल ढुवानी गर्न तयार भएको दूतावासले जनाएको छ।

चीन र नेपालको आपसी र संयुक्त प्रयासका कारण गत साताको आइतबार १२० कारसहित ३ हजार टन थुप्रिएका सामानहरू झाङमु र केरुङ नाकाबाट नेपाल भित्रिएका छन्।

हाल चीन र नेपालबीचका नाकाहरू सामान्य रुपमा कार्यरत रहेका र सामान ढुवानी पूर्ववत् रुपमा सुचारु भएको दूतावासले जनाएको छ।

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्