५५ किमि सडक यात्रा गरेको भाडा चार हजार !

दसैँमा घर जान यात्रुुलाई सास्ती

सिमकोट – कर्णाली करिडोरको कालिकोट खण्डको जितेमा यातायात व्यवसायीले मनोमानी भाडा असुल्ले कार्यले हुम्ला जाने यात्रु बिचल्लीमा परेका छन्।

गाडी भाडामा मोलमोलाइ हुुन थालेपछि दसँै बिदामा घर जान जिते पुुगेका विद्यार्थी समस्यामा परेका हुन्।
काठमाडौंबाट सुुर्खेत हुँदै हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका जान लागेका विद्यार्थी धर्मराज जैसीले जितेबाट हुुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरसम्मको ५५ किमि यात्राका लागि एक जना यात्रुले चार हजार भाडा लिने गरेको बताए।

यातायात व्यवसायी र टिकटका लागि स्थापना गरिएका काउण्टवाला मिलेर जसले बढी दिन्छ, उनीहरूलाई लैजाने गर्ने गरिएको बताए।

उनीसहित चौध जना विद्यार्थी गत शुुक्रबार दिउँसो जितेमा पुुगे पनि हुम्ला जान पाएका छैनन््। यसरी रोकिएका यात्रु साना विद्यार्थी छन्। गत शनिबार बेलुुकासम्म पाँच सय जना हुुम्ला जाने यात्रु भए पनि दुुई सय जनालाई मनोमानी भाडा तिरेर राति नै हुुम्लातर्फ गाडीमा लागेका थिए।

उनले अझै तीन सय जना विद्यार्थी जितेमा भनेअनुुसारको भाडा तिर्न नसकेपछि रोकिनुपरेको जानकारी दिए। गाडी भाडाको मोलमोलाइ ३० हजारबाट सुुरु भएर ४० हजारसम्म पुग्ने र जुुन समूहले बढी भाडा दियो, उक्त समूहलाई लैजान गरिएको छ।

हाल उक्त खण्डमा बोलेरो जिप सञ्चालन हुँदै आएका छन्। दश जना यात्रुु बोक्ने क्षमता भएका ती जिपले १४ जना बोक्ने गरेका छन्। उक्त स्थानमा दसैँमा घर जाने यात्रु बाजुुरा र मुगुका पनि छन्।
यस सम्वन्धमा कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बढी भाडा तिरेको उजुुरी कसैले प्रहरीलाई नदिएका कारण समस्या भएको हुन सक्ने बताए।

जितेमा प्रहरी चौकी छ। यातायात व्यवसायीले भनेअनुुसारको भाडा तिरेर यात्रु जाने र घर पुुगेपछि मात्र गाडी भाडा महँगो भन्ने भएका कारण कारबाही गर्न कठिन भएको बताए। कसैले तोकिएभन्दा बढी भाडा तिरेको प्रहरीलाई खबर गर्ने हो भने ठाउँका ठाउँमै कारबाही गर्न सकिने बताउँदै उनले घर जान पायो भने जति पनि भाडा तिर्न यात्रुु राजी हुनुु नै समस्या समाधान गर्न कठिन भएको जनाए।

 

 

असोज १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्