दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि एमाले अध्यक्ष ओली झापा

झापा – पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार झापामा चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

झापाको बिर्तामोडमा आयोजना गरिएको चियापान तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली सोमबार नै झापा आइपुगिसकेका छन् ।

ओलीले नियमित रुपमा दसैंको महानवमीका दिन उनकोसमेत गृहजिल्ला झापामा दसैं/ तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्दै आएका छन् ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्