काठमाडौँ – प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

हरेक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालयले जनाएको छ ।

आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०ः०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो ।

तलेजु मन्दिरमा दर्शनका लागि पुगेका भक्तजनको भीडका केही तस्बिर देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेकी छन् ।