काठमाडौँ – हनुमानढोका दरबारस्थित बसन्तपुर डबलीलमा नेपाली सेनाले बलिसहित दुर्गाको पूजा गरेको छ । नेपाली सेनाको श्री दुर्गा बक्स गणले बलिसहित भवानीको पूजा गरेर जीवित देवी कुमारीलाई सलामी दिएको हो ।

सेनाले निसान पूजा पनि गरेको हो । महानवमीमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ।

दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बसन्तपुरमा सेनाले गरेको विषेश पूजाका तस्बिर खिचेकी छन्।