काठमाडाैँकाे आकाशमा हराउन थाल्याे चङ्गाकाे राैनक

फाइल तस्बिर।

काठमाडाैँ – केही वर्षअघिसम्म काठमाडौँकाे खुल्ला आकाशमा देखिने रङ्गीविरङ्गी चङ्गा पछिल्लो समय हराउँदै गएको छ ।

दसैँलाई मुख्य रूपमा पिङ खेल्ने, मासुका परिकार खाने, नयाँ कपडा लगाउने र चङ्गा उडाउने पर्वका रूपमा मानिन्छ ।

केही वर्षसम्म उपत्यकाका आकाशमा एक महिना अगावै रंगीबिरंगी चङ्गा उडेको दृश्य देखिन्थ्यो । तर, यसपटकको दसैंमा निकै कम संख्यामा चङ्गा उडेको देखिएको छ ।

पिङ खेल्नु र चङ्गा उडाउनुको महत्व फरक भएपनि यसको महत्व हिन्दूको महान चाड दसैँसँग पनि जोडिएको छ ।

पछिल्लो समय चङ्गा लोप भइसकेका छन् भने पिङ्ग पनि उपत्यकाको फाट्टफुट ठाउँमा देखिन्छ भने केही संघसंस्थाहरुले सामूहिक चङ्गा उडाउने कार्यक्रमको आयोजना गर्दै आएका छन् ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्