इलन मस्कको ट्वीटमा युक्रेनी राष्ट्रपतिले कस्तो दिए जवाफ?

युक्रेनी राष्ट्रपति भोलोडोमिर जेलेन्स्की । तस्बिर : युक्रेनको राष्ट्रपति कार्यालय

अमेरिकी व्यवसायी इलन मस्कले सामाजिक सञ्जाल ट्वीटरमा युक्रेनको भूभाग छुट्याएर गाभ्ने सम्बन्धमा गरेको सर्वेक्षणको युक्रेनी राष्ट्रपछि भोलोडिमिर जेलेन्स्कीले निन्दा गरेका छन् ।

मस्कले सर्वेक्षणका लागि प्रश्न पोस्ट गर्दै रुसले युक्रेनमा गरिरहेका युद्ध अन्त्यका उपायबारे आफ्नो विचार प्रस्तुत गर्न प्रयोगकर्तासँग आग्रह गरेका छन् ।

ट्वीट गर्दै मस्कले संयुक्त राष्ट्रसंघको परीवेक्षणमा रुसले कब्जा गरेका चार क्षेत्रका सम्बन्धमा जनमतसंग्रह गर्नु पर्ने आयस व्यक्त गरेका हुन् । रुसले तथाकथित जनमतसंग्रह गरेर डोनेट्स्कसहितका युक्रेनका चार क्षेत्र आफूमा गाभेको घोषणा गरेको थियो ।

युक्रेनले रुसले गराएको जनमतसंग्रह खारेज गरेको थियो । स्थानीय नागरिकको इच्छा हो भने रुसले छोड्ने छ भनेर लेखेका थिए । यस्तै सन् २०१४ मा रुसले आफूमा गाभेको क्राइमियालाई पनि रुसको भागको रुपमा औपचारिक रुपमा स्वीकार गरिनु पर्ने सुझाव दिएका छन् ।

यस सम्बन्धमा उनले प्रयोगकर्तालाई पक्ष वा विपक्षमा मत राख्न आग्रह गरेका हुन् । मस्कको ट्वीटलाई लिएर युक्रेनीहरु ऋाक्रोशित भएका छन् । जेलेन्स्कीले ट्वीट मार्फत मस्कलाई दुई विकल्प दिएका हुन् । उनले लेखेका छन्, इलन मस्क तपाईलाई युक्रेन वा रुसमा कुनलाई साथ दिनु हुन्छ?

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्