तीन वैज्ञानिकले पाए क्वान्टम मेकानिक्समा गरेको अध्ययनका लागि भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार

भौतिकशास्त्र तर्फको नोवेल पुरस्कार क्वान्टम मेकानिक्समा गरिएको अनुसन्धानका लागि तीन वैज्ञानिकलाई प्रदान गरिने भएको छ।

प्रकृतिलाई सम्भव भएसम्मको सानो आकारमा परिभाषित गर्ने विज्ञानको विधाको अध्ययनले यो वर्षको नोबेल पुरस्कार दिने घोषणा भएको हो ।

यो वर्ष फ्रान्सका एलाइन स्पेक्ट, अमेरिकाका जोन क्लाउसर तथा अस्ट्रियाका एन्टन जिलिंगरले नोबेल पुरस्कार पाएका हुन् । उनीहरुले गरेको अध्ययनले शक्तिशाली कम्प्युटरको नयाँ संस्करका लागि मार्ग प्रसस्त गर्ने छ ।

यस्तै दूरसञ्चार प्रणालीलाई पनि सहयोग गर्ने जनाइएको छ । तीन वैज्ञानिकले पुरस्कारका रुपमा आउने ८ लाख पाउण्ड आपसमा बाँड्ने छन् ।

उनीहरुले आसपामा अन्तरसम्बन्धित क्वान्टम स्टेट्सलाई लिएर अध्ययन गरेका थिए । जहाँ दुई सब एटमिक पार्टिकलले फरक हुँदाहुँदै पनि एक अंशका रुपमा व्यवहार गरेका थिए छुट्एिका बेला पनि ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्