च्याम्पियन्स लिग फुटबल: बार्सिलोना र इन्टरमिलान भिड्दै

युईएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार बार्सिलोना र इन्टर मिलना प्रतिस्पर्धा गर्दै छन्। मंगलबार राति अन्य शीर्ष क्लबहरुपनि एक अर्का विरुद्घ भिड्दै छन्।

मंगलबार रातिनै जर्मन क्लब बायर्न म्युनिखले भिक्टोरिया प्लेजेनसँग प्रतिस्पर्धा गर्दा मार्से र स्पोर्टिङ लिस्बनबीचपनि प्रतिस्पर्धा हुँदै छ। यि दुई खेल राति १०:३० बजे सुरु हुने छ। त्यस्तै राति १२:४५ मा ६ खेलहरु हुँदै छन्।

बार्सिलोनाले इन्टर मिलान तथा लिभरपुलले रेन्जर्ससँग खेल्दा नापोलीले आयाक्ससँग खेल्ने छ। टोटेनहमले फ्रान्कफुर्ट तथा एथ्लेटिको मड्रिडले क्लब ब्रुगसँग खेल्ने छ। त्यस्तै लिभरकुसेनले पोर्टोको सामना गर्ने छ।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्