सिमकोट – बडादसैँ मनाइरहेका बेला सोमबार रातिबाट सदरमुुकाम सिमकोटलगायत दुुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध हुँदा अन्धाकार भएको छ। हिल्दुम विद्युत् आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकालका लागि विद्युत् सेवा बन्द भएको हो।

हिल्दुम विद्युत् वितरण केन्द्रले नहरको पानी चुहावट भएर पहिरोले नहर रहेको जमिन भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको जनाएको छ।

पहिरोले नहर भत्काउनुुका साथै १५–२० मिटर ग्याबिन लगाएको भाग पनि भासिएको छ। नहर भकिएपछि सोमबार बेलुुकाबाट सिमकोट र खार्पुनाथ गाउँपालिकामा दसैँको बेला अन्धाकार छाएको हो।

भत्किएको नहरको मर्मतका लागि मंगलबार बिहानैबाट केन्द्रका कर्मचारी खटिएको र काम भइरहेकाले कहिलेसम्म विद्युत् आपूर्ति हसन्छ भन्ने निश्चित छैन। भत्किएको नहरमा सिमेन्टको काम सुुरु भइसकेको र सम्पन्न हुनेबित्तिकै विद्युत् सुचारु गरिने भएको छ।

यसबाट दसैँको अबधिभरि विद्युत् सुुचारु नहुुने देखिएको छ। यसले गर्दा दुुई गाउँपालिकाका स्थानीय दसैँको बेला अन्धकारमा मनाउन बाध्य भएका छन्। दुुई हजार भन्दा बढी ग्राहक मर्कामा परेका छन्। सो आयोजनाको मुुहानबाट फर्बे ट्यांकीसम्मको नहर मर्मत गर्नको लागि भदौ २८ गतेबाट असोज ५ गतेसम्म विद्युत् सेवा अवरुद्ध भएको थियो। बर्षाले काम गर्न नसकिने भन्दै पनि विद्युत् सुुचारु गरिएको थियो।

असोज १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्