दक्षिणी क्षेत्रमा पनि रुसी सैनिक पछि हट्न बाध्य, महत्वपूर्ण गाउँ युक्रेनको नियन्त्रणमा

युक्रेनी सैनिकले रुसको कब्जामा रहेको दक्षिणी क्षेत्रको गाउँ स्वतन्त्र बनाएका छन्। खेर्सन क्षेत्रमा रहेको गाउँबाट रुसी सेनालाई हटाउन सफल भएको युक्रेनी सैनिकले जनाएका छन् ।

पछिल्लो केही दिनयता युक्रेनी सैनिकले महत्वपूर्ण बजार तथा गाउँबाट रुसी सैनिकलाई पछि हटाउन सफल भएका छन् । युक्रेनको रक्षा मन्त्रालयले आफ्ना सैनिकले दाभिदिभ ब्रिडमा युक्रेनको झण्डा फराउँदै गरेको भिडियो पोस्ट गरेका छन् ।

रक्षा मन्त्रालयका अनुसार युक्रेनी सैनिकले ती क्षेत्रका विभिन्न गाउँ आफ्नो नियन्त्रणमा लिएका हुन् । उत्तर पूर्वी क्षेत्रमा रुसी सैनिक यसअघि नै पछि हट्न बाध्य भएका थिए । अब दक्षिणी क्षेत्रमा पनि युक्रेनी सेनाले जित हाँसिल गरेका हुन् ।

हालै रुसले युक्रेनका चार क्षेत्र आफूमा गाभिएको घोषणा गरेको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती चार क्षेत्र रुसमा गाभिएको सम्बन्धी घोषणालाई कानूनी मान्यता प्रदान गर्नका लागि कानून जारी गर्ने तयारी भइरहँदा युक्रेनी सेनाले सफलता पाएका हुन् । अन्तर्राष्ट्रिय कानूनले रुसले टुक्र्याएका क्षेत्रको वैधता रुसी क्षेत्रका रुपमा दिँदैन ।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्