च्याम्पियन्स लिग: इन्टरमिलानसँग बार्सीलोना पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस लिग लिडर बार्सीलोना इटालियन क्लब इन्टरमिलानसँग १-० ले पराजित भएको छ।

मंगलबार राति समूह सी अन्तर्गत भएको तेस्रो खेलमा क्याटलान क्लब बार्सिलोनाले आफ्नै मैदानमा पराजित हुन पुगेको हो।इन्टरका लागि पहिलो हाफको इन्ज्युरी समयमा हाकान चाल्हानोग्लुले गरेको एकमात्र गोलनै निर्णायकबनेको हो।

उनले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई टेर स्टेगनले बचाउन सकेनन्।दोस्रो हाफमा बार्सिलोनाले खेलमा फर्कने अवसर पाएपनि केहि राम्रा मौका सदुपयोग हुन नसक्दा बार्सीलोना अंक बिहिन बनेको हो।

दोस्रो हाफमा ओस्मान डेम्बेलेको शक्तिशाली प्रहार पोस्टमा लाग्यो। त्यस्तै पेड्रीको गोल भिएआरको सहयोगमा अमान्य भयो। घरेलु दर्शकसामु खेलको अधिकांश समय बार्सिलोनाले बलमा पकडका साथ इन्टरलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन।

खेलपछि प्रशिक्षक जाभिले आफुहरुमाथि अन्याय भएको भन्दै रेफ्रिको आलोचना गरेका थिए। उनले बाँकी खेल अब फाइनल सरह हुने भन्दै अघिल्लोचरण आगामी खेलले तय गर्ने बताए।

हारसँगै समूह सी मा बार्सिलोना तेस्रो स्थानमा झरेको छ। शीर्षस्थानमा बायर्नको ९ अंक तथा दोस्रो स्थानको इन्टरले ६ अंक जोडेको छ। बार्सिलोनाको ३ अंक छ भने पुछारको भिक्टोरिया प्लेजनले अंकबिहिन रहेको छ।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्