च्याम्पियन्स लिग: बार्यन र लिभरपुल विजयी हुँदा एट्लेटिको पराजित

युरोपियन च्याम्पियन्स लिग फुटबलमा जर्मन जायन्ट बार्यन म्युनिखले समूह ‘सी’ मा आफ्नो प्रभावसालि प्रदर्शन जारी राखेको छ।

तेस्रो खेलमा बार्यनले भिक्टोरिया प्लेजनलाई ५-० ले पराजित गर्योस। त्यस्तै इंग्लिस क्लब लिभरपुलले समूह ‘ए’ मा रेन्जर्सलाई २-० ले हरायो।

समूह ‘ए’ कै अर्को खेलमा नापोलीले समूहचरणमा निरन्तर जितको यात्रा जारी राख्दा आयाक्समाथि ६-१ को जित निकाल्यो। समूह ‘बी’ मा भने स्पेनिस क्लब एट्लेटिको म्याड्रिड क्लब बर्गसँग २-० ले पराजित भयो। हारसँगै एट्लेटिको अंक तालिकामा पुछारमा रहेको छ।

क्लब बर्ग लगातार ३ जित सहित ९ अंकका साथ शिर्ष स्थानमा रह्यो। च्याम्पियन्स लिगमा आफ्नो रवाफिलो उपस्थिति कायम राख्ने क्रममा बार्यनका लागि लिरायो सानेको दुई गोल तथा जिनाब्रि, माने र चौपो मोन्टिङ्गाले समान १-१ गोल गरेका थिए।

त्यस्तै लिभरपुलले रेन्जर्सलाई पराजित गर्दा एलेक्सेन्डर अर्नोल्डले ७ औ मिनेटमा पहिलो गोल गरेभने मोहम्मद सलाहले ५३ औ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए।

च्याम्पियन्स लिगकै अन्य खेलमा टोटेनह्यम र फ्र्यान्कफर्टले गोलरहित बराबरी खेले। त्यस्तै मार्सेलीले स्पोर्टिङलाई ४-१ ले पराजित गर्यो।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्