भारतको उत्तराखण्डमा हिमपहिरोमा कम्तीमा १० जनाको मृत्यु, २० जना बेपत्ता

भारतमा हिमपहिरोमा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ । अरु केही बेपत्ता भएका छन् । उत्तराखण्डको हिमाली क्षेत्रमा आरोहणको अभ्यासमा रहेका टोली हिमपहिरोमा परेका हुन् ।

३४ जना प्रशिक्षार्थी र सातजना प्रशिक्षक हिमपहिरोमा परेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । १४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । अरु २० जना बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको उल्लेख छ ।

भारतीय हवाई सुरक्षा बलले खोजी तथा उद्धार अभियानमा सहयोग गरिरहेको छ । नेहरु इन्स्टिच्युड अफ माउन्टेनरिंगको टोली द्रौपदी हिमालबाट फर्किने क्रममा हिमपहिरोमा परेका हुन् ।

मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे हिमपहिरो गएको थियो । खराब मौसमका कारण रातभर उद्धार अभियान रोकिएको थियो । बुधबार बिहान भएसँगै उद्धारको काम भइरहेको छ ।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्