तीन वैज्ञानिकले पाए रसायनशास्त्रतर्फको नोबेल

काठमाडौँ- यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन्।

नोबेल पुरस्कार समितिले बुधबार गरेको घोषणाअनुसार क्यारोलिन आर बेर्टोजी, मोर्टन मेल्डल र के ब्यारी सार्प्लेसले संयुक्त रुपमा यस वर्षको रसायनशास्त्रतर्फको प्रतिष्ठित नोबेल पुरस्कार पाएका हुन्।

यी तीनलाई ‘क्लिक केमिस्ट्री र बायोओर्थोजोनल केमिस्ट्री’ विकासका लागि संयुक्त रुपमा नोबेल पुरस्कार दिइएको समितिले जानकारी दिएको छ।

 

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्