राष्ट्रपतिसँग थापे सर्वसाधारणहरुले शीतलनिवासमै टीका (तस्बिरहरु)

काठमाडौँ- विजयादशमीको दिन बुधबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्नेहरुको हुल लागेको छ।

राष्ट्रपति भण्डारीले गण्यमान्यका साथै लाम लागेर शीतलनिवास छिरेका सर्वसाधारणहरुलाई टीका लगाइदिएकी थिइन्।

राष्ट्रपतिको हातबाट टीका थाप्न बालबालिकादेखि बृद्धबृद्धासम्म शीतल निवास पुगेका थिए।

राष्ट्रपतिको हातबाट अघोषित नजरबन्दमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले समेत टीका थापेका थिए।

राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएका तस्बिरहरु देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहले खिचेकी छन्:

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्