एमाले अध्यक्ष केपी ओली दम्पतीले पनि लगाए राष्ट्रपतिबाट टीका

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गरेका छन्।

उनले बुधबार अपराह्न शीतल निवास पुगी राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेका हुन्।

उनको साथमा पत्नी राधिका शाक्यले पनि राष्ट्रपति भण्डारीबाट टीका ग्रहण गरेकी थिइन्।

अध्यक्ष ओलीले बुधबार झापाबाट बुबाको हातबाट टीका ग्रहण गरेका थिए।

झापाबाट आएका ओली एयरपोर्टबाट सिधै शीतनिवासमा टीका लगाएर गएका छन्। उनीलाई टीका लगाउँदा सर्वसाधारणलाई टीका लगाइदिने कार्य एकछिन रोकिएको थियो।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्