नागरिकता विधेयकका कारण राष्ट्रपतिसँग टाढिएका मन्त्रीहरु गएनन् टीका थाप्न शीतलनिवास

तस्बिर: बर्षा शाह

काठमाडौँ- नागरिकता विधेयकमा राष्ट्रपति भण्डारी र सत्ता गठबन्धनबीचको तीक्तता विजयादशमीसम्म कायमै देखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्पन्न टीका कार्यक्रमलाई मन्त्रीहरुले अघोषित बहिष्कार गरेका छन्।

अपवादस्वरुप, कुनै पार्टीको सदस्य नरहेका र अब मन्त्रीको कार्यकाल एक साता बाँकी रहेका मन्त्री गोबिन्दप्रसाद कोइराला भने राष्ट्रपति भण्डारीबाट टीका थाप्न शीतलनिवास पुगेका छन्।

भाइ प्रेमबहादुर देउवाको निधनको एक वर्ष नपुगेका कारण प्रधानमन्त्री शेरबहादुर देउवाले कसैको हातबाट टीका थापेनन् भने आफूले पनि कसैलाई टीका लगाइदिएनन्।

राष्ट्रपति भण्डारीसँग टीका थाप्न निर्धारित समयभित्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सुरक्षा निकायका प्रमुखहरु र निजामतीका उच्च अधिकारीहरु शीतल निवास पुगेका थिए। एमाले अध्यक्ष केपी शर्मा ओली पनि सदम्पती झापाबाट सोझै शीतल निवास पुगी राष्ट्रपति भण्डारीको हातबाट टीका ग्रहण गरेका थिए।

एमाले पृष्ठभूमिका राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पनि राष्ट्रपति भण्डारीसँग टीका थापेका थिए।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्