थाइल्याण्डसँग नेपाल पराजित

नेपालले भियतनाममा जारी यु-१७ एसियन कप छनोटमा खराव सुरुवात गरेको छ।

बुधबार भएको खेलमा नेपाल थाइल्यान्डको किशोर टोलीसँग ३-० ले पराजित भएको हो।

थाइल्याण्डको जितमा टोनटावन पुनटामुनीले २ गोल गर्दा अर्को एक गोल थानाक्रित जाम्पालीले गरेका थिए।

खेलमा थाइल्याण्डले ३५ औं मिनेटमा पुनटामुनीलेको हेड मार्फत अग्रता लिएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको थाइल्याण्डले दोस्रो हाफमा थप दुई गोल थप्यो।

६५ औं मिनेटमा अग्रता दोब्बर पार्दा थानाक्रित लोमनाकले पासलाई पुनटामुनीले सदुपयोग गरेका थिए। टिमका लागि तेस्रो गोल जाम्पालीले गरेका थिए।

उनले ७९ औं मिनेटमा टोलीका लागि तेस्रो गोल संभव बनाएका थिए।

समूह एफमा रहेको नेपालले दोस्रो खेलमा शुक्रबार आयोजक भियतनामसँग खेल्दै छ।

यो समूहमा चाइनिज ताइपे सहित नेपाल, थाइल्याण्ड र आयोजक भियतनाम रहेका छन्।

एसियाका ४४ राष्ट्रले १० अलग अलग समूह बनाएर छनोट खेलहरु भइरहेका छन्।

हरेक समूहको विजेता स्वत एसियाकपका लागि छनोट हुँदा उत्कृष्ट ६ उपविजेताले पनि एसियाकपमा मौका पाउने छन्।

खेलपछि नेपाली टिमका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो प्रदर्शन गर्दा गर्दै पहिलो हाफमा १ गोल खान पुग्दा टिमको लय विग्रिएको बताए।

उनले गोलरक्षकको गल्तीले पहिलो गोल खाएको तर दोस्रो हाफ भने नियन्त्रण बाहिर गएको बताए।

उनले रेफ्रीले पनि थाइल्याण्डको फेवरमा निर्णय गरेको भन्दै असन्तुष्टि जनाए।

असोज १९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्