सिटीको फराकिलो जितमा हालान्डको दुई गोल

यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले डेनिस क्लब कोपनहेगनलाई ५-० ले पराजित गर्दै समूह ‘जी’ मा आफ्नो शतप्रतिशत जित कायम राखेको हो।

समूह चरणअन्तर्गत बुधबार राति भएको खेलमा सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराउँदा सिटीका स्टार स्ट्राइकर अर्लिङ हालान्डले २ गोल गरे।

त्यस्तै, रियाद महारेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो।

खेलको सातौँ मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। ३२ औँ मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। हालान्डको यो १२ खेलमा १९ गोल हो। खेलको ३९ औँ मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गर्दा सिटी पहिलो हाफमानै ३-० ले अघि रह्यो।

५५ औँ मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ४-० मा पुर्यायाे। खेलको ७६ औँ मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए।

जितसँगै सिटीले अपराजित यात्रा कायम राखेको छ। समूहमा सिटीले ३ खेलमा ९ अंक जोडेको छ। कोपनहेगन १ अंक जोडेर पुछारमा रहेको छ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्