बारा बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या १४ पुग्यो

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

गम्भीर भएका घाइतेमध्ये थप चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी १५ जना गम्भीर घाइते भएका छन्। बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको थियो ।

३५ जना यात्रु सवार भएको बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका- २२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो ।

घाइतेहरूलाई हेटौँडाको चुरेहिल अस्पताल र सिमराको अल्पाइन अस्पतालमा उपचार भइ रहेको डिएसपी तिमल्सिनाले बताए ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्