दाङ – आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर दाङमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको छ ।

जिल्लाकाे घाेराहीमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ भने तुलसीपुर र लमहीमा निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हाे ।

निर्वाचन आयाेगले असाेज १५ गतेदेखि २० गतेसम्म प्रतिनिधिसभा निर्वाचनकाे लागि निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गर्ने जनाएको थियाे ।

क्षेत्र १ काे लमहीमा, २ काे घाेराहीमा र ३ काे तुलसीपुरमा कार्यालय स्थापना गरिएको छ । यही कार्यालयमा मनाेनयन दर्तादेखि सम्पूर्ण निर्वाचनकाे कार्यसम्पादन गरिने छ ।

मुख्य निर्वाचन अधिकृतमा न्यायाधीश कृपासुर कार्की रहेका छन् । उनले निर्वाचन क्षेत्र नम्बर २ काे जिम्मेवारी पाएका छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृकाे रूपमा मानबहादुर विष्ट र ३ मा डाेलनाथ न्याैपाने रहेका छन् ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्