खेलकुद पत्रकार मञ्च र कोरिया स्पोर्टस् प्रेसबीच सम्झाैता

काठमाडाैँ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र कोरिया स्पोर्टस प्रेस युनियन(केएसपीयू) बीच खेलकुद पत्रकारिताको विकासलागि आपसी सहकार्य गरेर अघिबढ्ने सम्झौता भएको छ।

खेलकुद पत्रकारहरुको क्षमता अभिबृद्धि गर्नेका लागि दुई पक्षबीच सम्झौता भएको हो।

इटलीको रोममा सम्पन्न अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआइपीएसको विश्व सम्मेलनको अवसरमा मञ्च केएसपीयुबीच बुधबार सम्झौता भएको हो।

सम्झौतामा पत्रकार मञ्चकातर्फबाट अध्यक्ष दुर्गानाथ सुवेदी र केएसपीयुकातर्फबाट अध्यक्ष जोङ को याङले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार केएसपीयूले मञ्चले गर्ने विभिन्न कार्यक्रम तथा सदस्यहरूको क्षमता अभिबृद्धि गर्न आयोजना गरिने प्रशिक्षण कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्ने छ। जसअन्तर्गत अनुसन्धान, प्रशिक्षण, छपाई तथा एक्सचेञ्ज प्रोगामहरू रहने जनाइएको छ ।

सहमती पत्रमा हस्ताक्षर गरेपछि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले मञ्चले आफ्नो सदस्यहरूको क्षमता अभिबृद्धिमा थप कार्यक्रम गर्न मद्दत मिल्ने विश्वास ब्यक्त गरे। उनले सदस्यहरूलाई एक्सचेञ्ज प्रोगामअन्तर्गत कोरियामा पठाएरसमेत खेलकुद पत्रकारीताको क्षमता अभिवृदि गर्न सकिने आधार तयार भएको बताए।

त्यस्तै, केएसपीयुका अध्यक्ष जोङले मञ्चका गतिविधिबाट प्रभावित भएको भन्दै त्यस्ता कार्यक्रमलाई थप सहयोग पुगोस् भन्ने उदेश्यले हामीले यो सम्झौता गर्न मञ्चलाई नै रोजेको बताए।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्