केराबारीमा पहिराे खस्दा नारायणगढ-मुग्लिन सडक पुन: अवरुद्ध

फाइल तस्बिर।

चितवन – भारी वर्षासँगै आएकाे पहिराेका कारण नारायणघाट-मुग्लिन सडकखण्ड निरन्तर अवरुद्ध भएकाे छ ।

बिहीबार बिहान ११:०५ मा खुलेकाे सडक भरतपुर महानगरपालिका- २९ केराबारीमा लेदाेसहितकाे पहिराे खस्दा पुन:अवरुद्ध भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।

पहिरो दिउँसो ३:२५ मा खसेको हो । अवरुद्ध बाटो खुलाउन ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरीकाे टोली खटिएको छ ।

आज बिहान उक्त सडक खण्डको सत्रकिलोमा पहिरो खसेर साढे दुई घण्टा सडक अवरुद्ध भएको थियो ।

बिहान साढे आठ बजेदेखि बन्द सडक ११:०५ मा बजेतिर दुईतर्फी सञ्‍चालनमा आएको थियो

निरन्तर वर्षाका कारण साे क्षेत्र भएर आवत-जावत गर्ने सवारीसाधन तथा यात्रुलाई कष्ट भएकाे छ ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्