खर्कालालाई मही पार्ने परम्परागत प्रविधि टोल्जुुम

सिमकोट – स्थानीय भाषामा मही पार्ने काठको भाँडोलाई टोल्जुुम भनिन्छ। अहिलेको जमाना आधुुनिक भए पनि हुम्लाका खर्कालाले यही प्रविधिबाट मही पार्ने गर्छन्।

काठबाट बनेको टोल्जुुममा दहीलाई मही बनाउन कम्तीमा पनि एक घण्टा लाग्छ। त्यसका लागि निकै बल लगाएर मदानी चलाउनुुपर्छ। त्यसबाट १० देखि १५ लिटर मही तयार हुन्छ। हुुन त विभिन्न आकारका यस्ता टोल्जुुम खर्कालाले प्रयोग गर्छन्। दहीबाट डेढ किलोसम्म घ्यू निस्कन्छ।

मही बनाउन निकै कसरत गर्नुपर्छ। उक्त कार्य दैनिक रूपमा गरिन्छ। खर्कमा लगाइएका पालमा तीनदेखि चार परिवार मिलेर बसेका हुन्छन्।

त्यसैले खर्काला भादुुर लामा टोल्जुुम हुम्ला जिल्लाका लागि परम्परा झल्काउने प्रविधि हो। बर्खायाममा अग्ला पाटनमा पशुुपालक किसानले परिवारैपिच्छे यसलाई लगेका हुन्छन्।

बाहिर हेर्दा त्यसमा दही हाली सकेपछि चुहिनेजस्तो देखिने भए पनि टोल्जुुम राम्ररी कसेर बनाइएका कारण दही त के पानी पनि चुुहिने अवस्था हुुँदैन। खर्कालाले टाढाको पानीसमेत त्यसैमा ओसर्ने गर्छन्। चौरी र जुमा पालन गर्ने माथिल्लो हुम्लामा लामा समुदायले ठूलै टोल्जुुम प्रयोग गर्छन्। किनकि एउटै खर्कालाका सात आठ वटा दुुहुुना चौरी र जुमा हुने गर्छन्।

मही पार्न टोल्जुम मात्र नभई दुुहुुनका लागि सोलाक पनि काठबाटै बनेको हुन्छ तर त्यसको आकार सानो हुन्छ। डोरी लगाएर बाल्टीजस्तै बनाएको हुन्छ जसलाई समात्न सहज हुन्छ। दूध दुहुुना र मही पार्न प्रयोग हुने काठका भाँडा भने भोजपत्रको काठबाट बनेका हुन्छन्। त्यो राम्रो सीप भएका मानिसले बनाउने गर्छन्। यी हुम्लाका पशुुपालक खर्काका लागि मही बनाउने परम्परागत प्रविधि हो।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्