बारामा बस दुर्घटनामा ज्यान गुमाएका नौ जनाको सनाखत

वीरगन्ज –  बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगन्जस्थित यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने १६ मध्ये ९ जनाको सनाखत भएको छ।

मृतकमध्ये हेटौंडामा उपचारको क्रममा ज्यान गुमाएका ९ जनाको सनाखत भएको हो । मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार बस दुर्घटनामा परि ज्यान गुमाउनेमा पर्साको वीरगन्ज–१६ का सकेमप्रसाद चौरसिया,सोही स्थानकि मुन्नीदेवी चौरसिया,बाराको कलैया–१० का नगरीन खातुन, बाराको जीतपुर सिमरा-२२ अमलेखगञ्जका सुरेश विक, बाराको कलैया उपमहानगरपालिकाका इन्ताज अन्सारी छन्।

यसैगरी, अन्य मृतकमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, २० वर्षीया स्वस्तिका श्रेष्ठ, ओखलढुङ्गाका ४५ वर्षीय लालबहादुर बोगटी, र गोरखा जिल्लाकी अम्बिका कँडेल रहेकी छन् ।दुर्घटनामा परि गम्भीर घाइतेमध्ये १३ जनाको हेटौंडाकै विभिन्न अस्पतालमा उपचार भइरहेको बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए।

बिहीबार बिहान नारायणघाट बाट बीरगन्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको थियो । ३५ जना यात्रु सवार भएको बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियोे ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्