लोपोन्मुख अवस्थामा कागुनो खेती

सिमकोट – कुनै बेला मुख्य बालीमा पर्ने कागुनो खेती अहिले भने लोपोन्मुख अवस्थामा पुुगेको छ। किसानले विस्तारै कागुुनो खेती लगाउन छोड्नुु र लगाए पनि निकै कम खेती गर्न थालेपछि यो बाली लोप हुने अवस्थामा पुगेको हो।

दश वर्षअघिसम्म चार हल जग्गामा कागुनो खेती गर्दै आएका सिमकोट गाउँपालिका–१ का किसान धने भण्डारीले अहिले भने थोरै जग्गामा लगाउन थालिएको बताए।

त्यसबाट उनले पाँच क्विन्टलसम्म कागुुनो उत्पादन गर्ने गर्थेे। आफूले पनि प्रयोग गर्ने र अरूलाई पनि बिक्री गरेर उनको कमाइ हुने गथ्र्यो। स्वास्थ्यका लागि लाभबद्र्धक यो बालीबाट उत्पादन भएको अन्नको भात खाने गरिन्छ।

हुम्लाको रैथाने बालीमा पर्ने भए पनि स्थानीयले यसको उपभोग गर्न छाड्नुु र प्रचार प्रसारको कमीले बिक्री पनि नहुँने हुँदा खेतीमा निकै कमी आएको हो।

जिल्लाभर उत्पादन हुने कागुुनो खेती कुनै बेला राम्रो उत्पादन हुने बालीमा पथ्र्यो। दश हजारभन्दा बढी घरधुरी भएको हुम्लामा प्रत्येक परिवार कम्तीमा आधादेखि चार हल जग्गामा यसको खेती गर्दै आएका थिए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट ढुवानी अनुदानमा आयातित चामल आउन थालेपछि स्थानीयले यसको प्रयोग गर्न छाडेका कारण यो लोप हुने अवस्थामा पुगेको हो।

कृृषि क्षेत्रको नियमनकारी निकाय कृषि विकास कार्यालयसँग जिल्लामा कति हेक्टर जग्गामा कागुुनो बाली गरिन्छ भन्ने कुनै विवरण नभए पनि चालु वर्षमा सिमकोट गाउँपालिकाले यसको संरक्षणका कार्यक्रम ल्याएको छ।

असोज २०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्