सय करोडको हेरोइनसहित एयरपोर्टबाट दुई जना पक्राउ

सांकेतिक तस्बिर।

एजेन्सी – राजस्व गुप्तचर निर्देशनालय (डीआरआई) ले विमानस्थलबाट झन्डै सय करोड बराबरकाे हेरोइन बरामद गरेकाे छ ।

डीआरआईले मुम्बई विमानस्थलबाट झन्डै सय करोड भारतीय रुपैयाँ पर्ने १६ किलो हेरोइनसहित दुई जनालाई पक्राउ गरेकाे हाे ।

डीआरआईले यस मामिलामा दिल्लीको एक होटलबाट एक यात्री र एक घानाकी महिलालाई पक्राउ गरेको छ । डीआरआईको मुम्बई इकाईले मंगलबार छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा सूचनाको आधारमा यो कारबाही गरेको हो ।

एजेन्सीका अनुसार अफ्रिकी देश मलावीबाट कतार हुँदै मुम्बई आउँदै गरेका एक यात्रुले भारततर्फ लागुऔषध तस्करी गर्न खोजेका थिए ।

असोज २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्