हिमालपारिको गाउँ लिमीमा दोस्रो पटक हिमपात

सिमकोट – दुई दिनदेखि लगातार परेको वर्षापछि नाम्खा गाउँपालिका– ६ हो हिमालपारिको गाउँ लिमीमा यस वर्षको दोस्रो पटक हिमपात सुुरु भएको छ। बिहीवार रातिबाट हिमपात सुुरु भएको हो।

लिमीका वडाध्यक्ष पाल्जोर तामाङले रातिबाट सुुरु भएको हिमपात अहिले पनि जारी रहेको जानकारी दिए।

उनले दुुई दिन लगातार वर्षा भए पनि बिहीबार रातिबाट हिमपात भइरहेको बताए। यो सामग्री तयार पारुन्जेल लिमीमा अहिलेसम्म एक फिट हिउँ जमेको छ भने हिउँ पर्ने क्रम जारी छ। लिमीका तीन वटै गाउँ तिल, हल्जी र जाँङमा हिउ परेका कारण सेताम्मे देखिएका छन्।

हिउँ परिरहेकाले चिसो बढेको हुँदा तापक्रम माइनसमा झरेको स्थानीयले बताए। लिमीका यी गाउँ चार हजारदेखि चार हजार दुुई सय मिटर उचाइमा छन्।

स्थानीयले बाक्लो हिमपात परिरहेकाले हिउँ कति पर्छ भनेर अहिल्यै भन्न नसकिने बताएका छन्। अघिल्लो हिमपातले क्षति पुर् याएको बालीलाई किसानले भित्र्याउने क्रम अन्तिम चरणमा रहे पनि त्यसलाई समेत क्षति पुर् याएको छ। हिउँ परेपछि अग्ला पाटनमा लगिएका चाँैरी गाईलाई समस्या भएको छ।

त्यसैगरी तिल गाउँ जोड्ने लिमी कर्णाली नदीमाथि बन्दै गरेको गाडी चल्ने काठेपुल निर्माण पनि रोकिएको छ।

त्यस्तै लाप्चा, तुम्लिङ, ताक्ची क्षेत्रमा पनि हिमपात भइरहेको छ भने लिमी जाने बाटो पर्ने पाँच हजार मिटर अग्लो न्यालुु लेकमा पनि बाक्लो हिमपात जमेकाले सडक अवरुद्ध भएको छ।

यसैबीच, प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले हिल्सा, यारी, लिमीको सुुनखानीमा पनि हिमपात भइरहेको जानकारी दिए।

ती तीनै स्थानमा प्रहरी चौकी रहेका छन्। हिमपात भएपछि प्रहरीलाई समेत कठिन भएको छे। यी क्षेत्रमा यसवर्षको यो दोस्रो हिमपात हो। यसअघि असोज पहिलो हप्ता लिमीमा हिमपात भएको थियो।

त्यसैगरी, सदरमुुकाम सिमकोटको अग्ला हिमालमा पनि हिमपात भइरहेको छ।

 

असोज २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्