उद्धार कार्यमा खट्यो नेपाली सेना

काठमाडौँ – केही दिनदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ्न गई दाङका उच्च जोखिममा रहेका ३५ वटा घरका स्थानीय बासिन्दालाई नेपाली सेनाले उद्धार गरेको छ।

सेनाले लमही नगरपालिका–८ सतवरियास्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा साथै राप्ती गाउँपालिका–५ स्थित सिसहनिया र वडा नं ४ स्थित अर्नहवा गाउँ डुवानमा परेका करिब २ सय घरमध्ये उच्च जोखिममा रहेका ३५ वटा घरका स्थानीय बासिन्दालाई  शुक्रबार उद्धार गरेको हाे।

उद्धार कार्य जारी रहनुका साथै नेपाली सेनाद्वारा पहिरोका कारण अवरुद्ध घोराही–लमही सडकखण्ड खुलाउने प्रयाससमेत भइरहेको छ। उक्त अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परी हालसम्म कुनै पनि मानवीय क्षति नभएको सेनाले जनाएको छ।

असोज २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्