काठमाडौँ-६ मा एमाले उम्मेदवार सर्वेन्द्र खनाल, ८ मा अष्टलक्ष्मीसँग जीवनरामको प्रतिस्पर्धा

काठमाडौँ – एमालेले काठमाडौँ ६ मा पूर्वआइजिपी सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने भएको छ।

केही समय अघि औपचारिक रुपमा एमाले प्रवेश गरेका खनाललाई एमालेले काठमाडौँ ६ मा उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेले काठमाडौँका १० निर्वाचन क्षेत्रमध्ये आठ वटामा उम्मेदवार टुंगो लगाएको छ।

क्षेत्र नम्बर ७ र १० मा उम्मेदवार फाइनल हुन बाँकी रहेको छ।

एमालेले काठमाडौँ १ मा किरण पौडेल, २ मणिराम फुयाल, ३ मा कृष्ण राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

त्यस्तै ४ नम्बरमा राजन भट्टराईलाई नै एमालेले अघि सारेको छ। त्यस्तै क्षेत्रमा गठबन्धनबाट कांग्रेस महामन्त्री गगन थापा पनि प्रतिस्पर्धामा छन्।

काठमाडौँ ५ मा वरिष्ठ उपाध्यक्ष फेरि पनि उम्मेदवार बन्ने भएका छन्। काठमाडौँ ८ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पार्टीले टिकट दिएको छ। त्यहाँ गठबन्धनबाट एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ उठ्ने निश्चित छ।

काठमाडौँ ९ मा एमालेले कृष्णगोपाल श्रेष्ठलाई अघि सारेको छ। १० मा उम्मेदवार टुंगिन बाँकी छ। त्यहाँ उपाध्यक्ष रामबहादुर थापा बादललाई टिकट दिने तयारी एमालेले गरेको छ।

असोज २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्