सेनाद्वारा मनास्लु इलाकामा फसेका व्यक्तिहरूको उद्धार

काठमाडौँ – केही दिनदेखि परेको अविरल वर्षाका कारण गोरखा जिल्लास्थित मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण असोज २० गतेदेखि फसेका दुई जना इजरायली नागरिकको नेपाली सेनाले उद्धार गरेको छ।

उक्त पहिरोमा फसेका ओरी ओरअफ र यरीभ बोर्ट तथा ६ जना नेपाली नागरिक तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई सेनाको उद्धार टोलीले शुक्रबार नेपाली सेनाको र हेलिकप्टरद्धारा १७३५ बजे उद्धार गरी काठमाडौ ल्याइएको हो।

साथै, उद्धार गरिएका दुई जना विदेशी र ६ जना नेपालीसहित आठैं जनाको अवस्था सामान्य रहेकोसमेत सेनाले जनाएको छ।

 

असोज २१, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्