च्याम्पियन्स लिग: बराबरीका बाबजुत सिटी नकआउट चरणमा

१० खेलाडीमा समेटिएको म्यानचेस्टर सिटीले पाएको पेनाल्टीको मौकामा गोल गर्न नसक्दा तथा भिएआरले एक गोललाई मान्यता नदिँदा कोपनहेगनसँग गोलरहित बराबरी खेलेको छ।

मंगलबार राति भएको खेलमा समूह जीमा सेभिया डर्टमन्डलाई पराजित गर्न असफल भएसँगै सिटी बराबरीका बाबजुत नकआउट चरणमा प्रवेश गरेको हो।

नर्वेजियन स्टार हालान्डलाई बेन्चमा राखिएको खेलमा सिटीले गोलका लागि निकै राम्रा अवसर सदुपयोग गर्न सकेको थिएन।

खेलपछि प्रशिक्षक पेप ग्वार्डिओलाले हालान्ड साउथहेम्टनविरुद्धको खेलमा थाकेको तथा पूर्ण स्वस्थ नरहेकाले टिममा नराखेको बताएका थिए।

उनले भनेका छन्, ‘हिजो उनी स्वस्थ थिएनन्। आज केही राम्रो भएको छ। तर पूर्ण स्वस्थ भएका छैनन्। त्यसैले उनीमाथि रिक्स लिने कुरो भएन।’

असोज २६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्