मनाइयो ६७ औँ प्रहरी दिवस (फोटो फिचर)

काठमाडौँ– राजधानीमा शुक्रबार ६७ औँ प्रहरी दिवस मनाइएको छ।

प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ।

केही प्रतिनिधि पूर्व प्रहरी र वीर तथा अमर प्रहरीका परिवार वा सन्ततिलाई यस अवसरमा निम्तो गर्ने गरिन्छ। यसबाट कम्तीमा पनि वर्षमा एकपटक अमर तथा शहीदहरुको सम्मान गर्ने परम्पराले निरन्तरता पाउने गरेको छ।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका केही तस्बिरहरु:

असोज २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्