शताब्दी पुरुष जोशीको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ – शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले आइतबार निधन भएका शताब्दी पुरुष जाेशीले संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने बताउँदै आफू दुःखी भएको ट्विटरमार्फत् बताएका हुन्।

उनले लेखेका छन्,  ‘शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको खबरले निकै दुःखी भएको छु। उहाँले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधै सम्झिरहनेछ। उहाँकाे आत्माकाे चीरशान्तिकाे कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’


संस्कृतिविद् जोशीको आइतबार राति ७ बजेर ९ मिनेट जाँदा ललितपुरस्थित किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

जोशी विगत तीन सातादेखि किस्ट अस्पतालमा उपचाररत थिए।

असोज ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्