काठमाडाैँ – आगामी निर्वाचनमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरीले म्यादी प्रहरीलाई तालिम दिइरहेकाे छ ।

आगामी मंसिर ४ गते तय भएकाे प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले ९८ हजार २ सय ६८ म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेकाे थियाे ।

साेही बमाेजिम भर्ना भएमा म्यादी प्रहरीहरूका लागि असाेज ३० गतेदेखि तालिम दिन थालेकाे हाे ।

भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा सुरु भएकाे साे तालिम कार्तिक ८ गतेसम्म चल्नेछ ।

तस्बिरहरू: