चीनले दश वर्षमा गरेकाे विकास र प्रगतिको प्रदर्शनी(फाेटाेफिचर)

तस्बिर अवलाेकन गर्दै पर्यटनमन्त्री श्रेष्ठ । तस्बिर: सुलभ श्रेष्ठ /देशसञ्चार।

काठमाडाैँ – चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा आज ललिलपुरकाे पाटन दरबार स्क्वायरमा फाेटाे प्रदर्शनी गरिएकाे छ।

फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालकाे आयाेजनामा बिहीबार बिहान छिमेकी मुलुक चीनले विगत दश वर्षयता गरेकाे पूर्वाधार विकास र प्रगतिकाे फाेटाे प्रदर्शनी गरिएकाे हाे।

बिहान ८ बजेदेखि सुरु भएकाे साे प्रदर्शनीकाे पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, चिनियाँ प्रतिनिधिलगायतले अवलाेकन गरे।

‘चीनको असाधारण दशक’ शीर्षकमा चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको अवसरमा गरिएकाे साे फोटो मेलामा राष्ट्रपति सी जिन पिनको नेतृत्वमा चीनले विगत दश वर्षको अवधिमा विभिन्न क्षेत्रमा गरेको विकास र प्रगतिको प्रदर्शन गरिएकाे हाे।

हेर्नूहाेस् तस्बिरहरू:

कात्तिक ३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्