एनआईसीको प्रथम त्रयमासिक वित्तीय नतिजा सार्वजनिक

काठमाडौँ – एन आई सी एशिया बंैक लिमिटेडले चालू आ.व. २०७९/८० को प्रथम त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा रकम २७३.१० अर्ब रुपैयाँ पु¥याएको जनाएको छ।

यस्तै निक्षेपतर्फ कुल निक्षेप संकलन ३०८.१८ अर्ब रुपैयाँ पु¥याएको बैंकले जानाएको छ। बैंकले यस त्रयमासमा खुद मुनाफातर्फ १.७५ अर्ब रुपैयाँ आर्जन गरी वार्षिक विन्दुगत आधारमा ४९ प्रतिशतको वृद्धि भएको जनाएको छ। यसैगरी बैंकको स्व–पूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ।

बैंकले आ.व. २०७९/८० को प्रथम त्रयमाससम्ममा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक महानुभावहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

बैंकले देशभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ।

कात्तिक ७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्