‍काठमाडौँ– आज नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अन्तिम तथा मुख्य दिन भाइटीका।

भाइटीकाको दिन दाजुभाइको लामो आयु र सुस्वास्थ्यको कामना गर्दै दिदीबहिनीले दाजुभाइलाई फूलमाला र सप्तरंगी टीका लगाइदिने चलन छ। त्यसै दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार दिने गर्छन्।

विशेषगरी नेपाली हिन्दु धर्मावलम्बीहरुले आज भाइटीका लगाएर तिहार मनाइरहेका छन्।

आज भाइटीकाको शुभ साइत बिहान ११ः३७ बजे थियो। तर भाइटीका आफ्नो अनुकूल समयमा दिनभर नै लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

विगतका दुई वर्ष कोरोना भाइरसको महामारीले प्रभावित भएका चाडपर्व यसपाली हर्षोल्लासका साथ मनाइएको छ।