रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

डा. तोसिमा कार्की। फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज भएको छ।

उनले सार्वजनिक लाभको पद धारण गरेकोले उम्मेदवार बन्न अयोग्य रहेको आयोगले ठहर गरेको हो।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य भइ लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो। उक्त उजूरीमाथि छानविन गर्दा कार्की उम्मेदवार बन्न अयोग्य देखिएको आयोगले जनाएको छ।

‘निज उम्मेदवार डा. कार्की मिति २०७८/९/२ देखि ४ वर्षका लागि नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यको रुपमा बहाल रहेको, नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यको हैसियतमा निजको कुनै मासिक तलब नहुने तर उपस्थित भएको बैठकको भत्ता र अनुगमन गर्दाको भ्रमण भत्ता उपलब्ध गराइने व्यवस्था बमोजिम डा. कार्कीले मिति २०७९/१/९ देखि मिति २०७१/५/२ सम्म भत्ता बुझेको पाइयो,’  आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्