तोसिमाको उम्मेदवारी रद्द नगर्न सर्वोच्चको अन्तरिम आदेश

डा. तोसिमा कार्की। फाइल तस्बिर।
काठमाडौँ – सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदपारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश दिएको छ।
ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएकी कार्कीको उम्मेदवारी शनिबार आयोगले लाभको पद लिएको भन्दै खारेज गरेको थियो।
उक्त निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको हो।