यस्ताे छ निर्वाचनका लागि आयाेगकाे तयारी (तस्बिरहरु)

काठमाडाैँ – आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुँदैछ। जसका लागि निर्वाचन आयोगले तयारी तीव्र पारिरहेको छ।

आयोगले विभिन्न जिल्लामा निर्वाचनका लागि चाहिने आवश्यक सामग्रीको धमाधम ढुवानी गरिरहेको छ। आयोगले मतपत्र, मतपेटीकालगायत निर्वाचनमा आवश्यक विभिन्न सामग्री पठारहेको छ।

समानुपातिक र प्रत्यक्षतर्फ फरक–फरक मतपत्र हुन्छ। पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित मतपत्र प्रयोग गर्ने भएकाले यो पटक निर्वाचन क्षेत्रअनुसार फरक-फरक मतपत्र प्रयोग हुनेछ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका लागि देशैभर एउटै मतपत्र प्रयोग हुनेछ।

प्रदेशसभाका लागि भने प्रदेशमा कायम रहेका दलको सङ्ख्याअनुसार फरक–फरक मतपत्र प्रयोग हुनेछ।

हेर्नुहाेस् तस्विरहरू:

कात्तिक १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्