टी-२० विश्वकप: यस्तो समीकरण बने पाकिस्तान सेमिफाइनलमा

अस्ट्रेलियामा अहिले टी-२० विश्वकप जारी छ। तुलनात्मक रुपमा कम चर्चामा रहेको यो छोटो फर्म्याटको विश्वकपमा वर्षापनि थपिएपछि दर्शकहरू उत्साही छैनन्। तर समूहचरणको अङ्क तालिका भने निकै रोचक बनेको छ।

समूहचरणका खेलहरू अन्तिम चरणमा पुग्दा पनि कुन टिमले सेमिफाइनलमा स्थान बनाउलान भन्ने कौतुहल्ता उत्कर्षमा छ।

शीर्ष १२ को समूह २ अन्तर्गत ४ खेलको समाप्तीमा भारत ६ अङ्कका साथ शीर्ष स्थानमा छ। तर उसको रनरेट ०.७३ रहेको छ। दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको पनि ४ खेलबाट ५ अङ्क रहेको छ। उसको १.४४ रनरेट रहेको छ। तेस्रो स्थानमा रहेको पाकिस्तानको ४ खेलबाट ४ अङ्क भएको छ। उसको १.११ रनरेट रहेको छ।

यस्तोमा भारत र दक्षिण अफ्रिकाले-आफ्नो खेल जितेमा स्वत सेमिफाइनल पुग्ने छन्। तर उनीहरुले आफू अनुकूल नतिजा ननिकालेमा भने पाकिस्तानको पनि भाग्य चम्मिकन सक्नेछ।

पाकिस्तानको सेमिफाइनल समीकरण
दक्षिण अफ्रिका विरुद्व बिहीबार जित निकालेसँगै पुछारबाट पाकिस्तान तेस्रो स्थानमा उक्लियो। सेमिफाइनल पुग्ने आशा दुई खेल अगावै कम बनाएको पाकिस्तानले आफ्नो आस कम्तिमा समूहचरणको अन्तिम खेल सम्मपनि तन्काउन सफल रह्यो। अब पाकिस्तानका लागि सेमिफाइनल पुग्ने दुई विकल्प बाँकी छन्।

पहिलो नम्बरमा उसले ६ नोभेम्बरमा हुने खेलमा बंगलादेशविरुद्धको खेलमा जित निकाल्नुपर्ने छ। जहाँबाट उसको ६ अङ्क हुने छ। त्यसपछि उसले भारत र दक्षिण अफ्रिकाको हारको कामना गर्नुपर्ने छ। दक्षिण अफ्रिका नेदरल्यान्डसँग या भारत जिम्बावेसँग पराजित हुनुपर्ने छ। यस्तो भए पाकिस्तान सेमिफाइनलमा पुग्नेछ।

दक्षिण अफ्रिकाको स्थिति
दक्षिण अफ्रिकासँग सेमिफाइनल पुग्नका लागि बल आफ्नै कोर्टमा छ। यदी उसले अन्तिम खेलमा नेदरल्यान्डलाई पराजित गरे। सेमिफाइनलमा पुग्ने छ। तुलनात्मक रुपमा नेदरल्यान्ड समूह २ को सहज प्रतिद्वन्द्वी हो। नेदरल्यान्डले पछिल्लो खेलमा जिम्बावेलाई पराजित गरेपनि दक्षिण अफ्रिकाका लागि सर्वाधिक सहज प्रतिद्वन्द्वीकाे रुपमा नेदरल्यान्डलाइ लिएको छ। त्यसैले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई नेदरल्यान्डले अप्रत्यासित रुपमा हराएमात्र दक्षिण अफ्रिका बाहिरिने खतरा रहन्छ अन्यथा सर्वाधिक कम्फर्ट जोनमा दक्षिण अफ्रिका छ।

भारतलाई जिम्बावेको डर
भारतका लागि पनि खेला आफ्नो हातमा छ। उसले खेल जितेमा या वर्षाका कारण अङ्क बाँड्नु परेको अवस्थामा भारत सेमिफाइनल प्रवेश गर्नेछ। तर भारतीय टिम हारेको खण्डमा भने पाकिस्तान र बंगलादेश तथा दक्षिण अफ्रिका र नेदरल्यान्डको खेल निर्णायक हुनेछ। जहाँ दुई मध्ये एक टिमले हारेमात्र भारत सेमिफाइनलमा पुग्ने छ। त्यसैले भारतका लागि जिम्बावे ‘डर’ का रुपमा रहेको छ। जिम्बावेले पाकिस्तानलाई हराएकाले पनि भारत केहि ससंकीत छ।

बंगलादेश, नेदरल्यान्ड र जिम्बावे बाहिरिए
विश्वकपको समूह-२ बाट बंगलादेश, नेदरल्यान्ड र जिम्बावे बाहिरिसकेका छन्। त्यसैले यी टिमको जित या हारले सेमिफाइनलका लागि संघर्षरत् तीन टिम भारत, पाकिस्तान र दक्षिण अफ्रिकाको भविष्यमा भने फरक पर्ने छ।

कात्तिक १८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्