सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन सरकारलाई आयोगको निर्देशन

सागर ढकाललाई चुनाव प्रचारमा रोक नलगाउन सरकारलाई आयोगको निर्देशन
+
-

काठमाडौँ – डडेल्धुरामा स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचार प्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले कडा आपत्ति जनाएको छ।

मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचार प्रसार गर्न पाउने अधिकार हनन् नगर्न निर्देशन दिएको हो।

निर्वाचन आचारसंहिताले खुला प्रचारका लागि समय दिएको अवस्थामा उम्मेदवारलाई माइकिङ गर्न नदिनु बहुदलीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध हुने आयोगले स्मरण गराएको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत प्रतिस्पर्धी रहेको डडेल्धुरामा सोमबार प्रशासनले ढकाललाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोक लगाएको घटना सार्वजनिक भएको थियो। ढकालले आफूलाई प्रशासनले चुनावमा जानै रोकेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका थिए।

ढकालले गुनासो गरेको केही घण्टामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चुनाव प्रचारमा अवरोध नगरेको दाबी गर्दै विज्ञप्ति निकालेको थियो।

आयोगले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो। आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौमको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन्। सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन।’

आयोगले गृह मन्त्रालयलाई ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन रुपमा प्रचार प्रसार गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न भनेको छ।

‘सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन,’ आयोगले पठाएको पत्रमा अगाडि उल्लेख गरिएको छ, ‘७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई नेपाल सरकार, गृह मन्त्रालयमार्फत निर्देशन दिन मिति २०७९।७।२२ मा निर्णय भएको व्यहोरा जानकारी एवं आवश्यक कार्यार्थ सादर अनुरोध गरिन्छ।’

यो पनि पढ्नुहोस्

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

देउवाका प्रतिस्पर्धी ढकालको गुनासोः मलाई प्रचार गर्न दिइएन

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’