अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुन बलिउड अभिनेत्री सबाना आजमी काठमाडौँ आउने

काठमाडौँ– बलिउड अभिनेत्री सबाना आजमी आगामी मंसिर ९ गते काठमाडौँमा सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुने भएकी छन्।

उनी विशेष अतिथिका रुपमा महोत्सवमा सहभागी हुने मण्डला थिएटरले जानकारी दिएको छ। मण्डला थिएटरका अनुसार अभिनेत्री आजमीले मंसिर १० गते बिहान साढे ७ बजे महोत्सवमा ‘मास्टर क्लास’ लिनेछिन्।

७२ वर्षीया आजमी भारतकी प्रशिद्ध अभिनेत्री हुन्। उनले पाँच वटा नेशनल फिल्म अवार्ड, ५ वटा फिल्मफेयर अवार्ड जितेकी छन्। चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई भारत सरकारले सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको थियो।

महोत्सवमा ६ वटा नेपाली नाटक र विश्वका विभिन्न देशका १६ वटा नाटक मञ्चन हुनेछन्।

कात्तिक २७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्