पाकिस्तानले अस्कारमा पठाएकाे चलचित्रलाई नै आफ्नाे देशमा लगायाे प्रतिबन्ध

चलचित्र निर्देशक सैम सादिकको बहुचर्चित फिल्म ‘जोयल्याण्ड’लाई ‘अत्यधिक आपत्तिजनक सामग्री’ भएको आरोपमा पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ।

केही महिनाअघि चलचित्र रिलिजको प्रमाणपत्र दिइएपछि यो प्रतिबन्ध लगाइएको हो।

समाचार एजेन्सी पिटिआईका अनुसार जोयल्याण्डलाई पाकिस्तानले पनि अस्कारमा आधिकारिक प्रवेशका रूपमा पठाएको छ।

चलचित्रलाई सर्टिफिकेट बोर्डले अगस्ट १७ मा अनुमति दिएको थियो। तर, पछिल्लो समय चलचित्रलाई लिएर आपत्ति जनाइएको छ।

सूचना तथा प्रसारण मन्त्रालयले देशका रूढीवादी तत्वहरूको प्रतिक्रियाबाट बच्न चलचित्र प्रतिबन्ध लगाएको बताइएको छ।

नाेभेम्बर १ मा मन्त्रालयले जारी गरेको सूचनामा चलचित्र देशको ‘सामाजिक मूल्य र नैतिक मापदण्ड’ अनुरूप नरहेको उल्लेख गरिएको थियो।

कात्तिक २८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्