अल्का अस्पतालद्वारा मधुमेहका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ – अल्का अस्पतालले मधुमेह भएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ।

विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले सोमबार अस्पताल परिसरमै मधुमेह भएका बिरामीलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो।

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी मधुमेहका बिरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए।

एचबिएवान सी, पीपी र फास्टिङलगायत ल्याव टेष्टमा पनि निःशुल्क परीक्षण गरिएको उनले बताए। मधुमेहका बिरामीलाई मात्र लक्षित गरेको आयोजना गरिएको सो कार्यक्रममा चिकित्कसको सिफारिसअनुसार १० दिनसम्मका लागि पुग्ने औषधि पनि वितरण गरिएको थियो।

निःशुल्क स्वास्थ्य परीक्षणमा सहभागी भएकाहरूलाई २ हप्तासम्म फलो अप गर्दा कुनै पनि शुल्क नलाग्ने अस्पतालले जनाएको छ।

कात्तिक ३०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्