विश्वकप फुटबल: म्यारोडोनाले हातले गोल गरेको फुटबल ३१ करोडमा लिलाम

काठमाडाैँ – विश्व फुटबलमा सर्वाधिक चर्चित गोलका रूपमा रहेको ‘ह्यान्डस् अफ गड’ गोलको मूल्य करौडौँ रुपैयाँ पुगेको छ।

म्यारोडोनाले हातले गोल गरेको उक्त फुटबलको लिलामी भएको छ। उक्त विश्वकपमा खेलिएको उक्त बल २४ लाख डलर (३१ करोडमाथि)मा लिलामी भएको हो। बुधबार अर्जेन्टिना र इंग्ल्यान्डबीच क्वाटरफाइनलमा खेलिएको बलको लिलामी भएको हो।

एडिडासको सेतो कलरमा रहेको उक्त बलको नाम ‘एजटेका’रहेको थियो। यो बल ट्युनिशियाका रेफ्री अली बिन नासेरको साथमा रहेको थियो। यी तीनै रेफ्री हुन् जसले ह्यान्डबल देखेनन् र उनले गोलको मान्यता दिए। यो बललाई ब्रिटेनको ग्रहम बड अक्सनमा लिलामीमा राखिएको थियो।

बिनले लिलामी अघि भनेका थिए, ‘विश्वसमक्ष यो बल सार्वजनिक गर्ने सही समय भएको छ। यसको खरिद कसैको व्यक्तिगत भन्दा पनि सार्वजानिक सम्पतिका रूपमा रहोस भनेर गरिएको हो।’

करीब ६ महिनाअघि म्यारोडोनाको जर्सी करीब ८० करोडमा लिलामी भएको थियो।

मंसिर १, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्